प्रधानमन्त्री देउवाका गृह जिल्लाका पुर्व पार्टी सभापति मल्ल कांग्रेसबाट निष्काशित

प्रधानमन्त्री देउवाका गृह जिल्लाका पुर्व पार्टी सभापति मल्ल कांग्रेसबाट निष्काशित

२०७९, बैशाख १३ मंगलवार

  • 981
    SHARES

  • प्रधानमन्त्री देउवाका गृह जिल्लाका पुर्व पार्टी सभापति मल्ल कांग्रेसबाट निष्काशित

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरवहादुर देउवाका गृह जिल्ला डडेल्धुराका पुर्व पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ ।

    कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    उनले अलग पार्टी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

    २०७९, बैशाख १३ मंगलवार०७:२५:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार