डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

२०७९, बैशाख १४ बुधवार

  • 989
    SHARES

  • डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

    कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ ।  

    गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । 

    कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो ।

    स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । 

    डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगाएका छन् । त्यसैगरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् । -एजेन्सी ।  

    २०७९, बैशाख १४ बुधवार०८:३९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार