मोबाइल सेट, खेल्ने तास लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन नपाइने (सूचीसहित)

मोबाइल सेट, खेल्ने तास लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन नपाइने (सूचीसहित)

२०७९, बैशाख १४ बुधवार

  • 1.6K
    SHARES

  • मोबाइल सेट, खेल्ने तास लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन नपाइने (सूचीसहित)

    काठमाडौँ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

    असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

    १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

    २. सबै प्रकारका तयारी मदिरा

    ३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

    ४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

    ५. मोबाइल सेट

    ६. रङ्गिन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

    ७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शव वाहन प्रयोजनका लागि ल्याउन पाइने)

    ८. २५० सिसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

    ९. सबै प्रकारका खेलौनाहरु

    १०. खेल्ने तास

    मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।

    यो निर्णय वैशाख १४ गते अर्थात आजबाट लागू हुने छ । 

    २०७९, बैशाख १४ बुधवार०८:५१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार