जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

२०७९, बैशाख १४ बुधवार

  • 1.1K
    SHARES

  • जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । 

    हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिए ।

    उनले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिए । 

    २०७९, बैशाख १४ बुधवार०४:३४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार