त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै, विराटनगर र सुदूरपश्चिमको खेलको तयारी 

त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै, विराटनगर र सुदूरपश्चिमको खेलको तयारी 

२०८३, कार्तिक १५ शनिवार

  • 189
    SHARES

  • त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै, विराटनगर र सुदूरपश्चिमको खेलको तयारी 

    काठमाडौँ । पानीले रुजेको त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै छ।

    नेपाल प्रिमियर लिगअन्तर्गत आज अपरान्ह ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल खेलाउन यो रोलर प्रयोग गरेर पानी हटाउने काम गरिएको हो।

    यससँगै आजको दोस्रो खेल हुने सम्भावना बढेको छ। पहिलो खेल वर्षाले रद्द भए पनि दोस्रो खेल केही ओभर घटाएर भएपनि खेल हुने सम्भावना देखिएको हो।

    अहिले मैदान सुकाउने काम भइरहेको छ। सुदुरपश्चिम र विराटनगर बिच ५ बजे खेल हुने कार्यतालिका रहेको छ।

    सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोस्ने र मैदानलाई छिटो सुकाउन मद्दत गर्छ .

    २०८३, कार्तिक १५ शनिवार०४:५०:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार