काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ११९ पीसीआर तथा १ हजार ७७२ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्।