युक्रेनलाई नउक्साउन बेलायतलाई रुसको चेतावनी

युक्रेनलाई नउक्साउन बेलायतलाई रुसको चेतावनी

२०७९, बैशाख १४ बुधवार

  • 953
    SHARES

  • युक्रेनलाई नउक्साउन बेलायतलाई रुसको चेतावनी

    काठमाण्डौ । बेलायतले आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न युक्रेनलाई उक्साएको रुसले आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

    ‘किभको सत्तालाई यस्तो गतिविधि गर्न लण्डनले उक्साइरहेको छ, यस्तो गर्न खोजेको खण्डमा तत्कालै सोही अनुपातमा हामी प्रतिक्रिया जनाउनेछौँ ।’ रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।

    रक्षा मन्त्रालयले ‘लामो दूरीको लक्षित निशानामा सटीक मार हान्न सक्ने हतियारबाट’ किभमा रहेको ‘सम्बन्धित निर्णय लिइने केन्द्रमा’ हमला गर्न रुसी फौज तयार रहेको समेत चेतावनी दिएको छ ।

    यसअघि बेलायती रक्षामन्त्री जेम्स हिप्पेले रुसी फौजको आपूर्ति रोक्न युक्रेनले गर्ने आक्रमण जायज रहेको टिप्पणी गरेका थिए । -एजेन्सी

    २०७९, बैशाख १४ बुधवार०६:१५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार