गौतम बुद्धमा आज अपरेसन फ्लाइट, पर्यटन मन्त्री आले भैरहवा जाँदै

गौतम बुद्धमा आज अपरेसन फ्लाइट, पर्यटन मन्त्री आले भैरहवा जाँदै

२०७९, बैशाख १५ बिहिवार

  • 889
    SHARES

  • गौतम बुद्धमा आज अपरेसन फ्लाइट, पर्यटन मन्त्री आले भैरहवा जाँदै

    काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज(बिहीबार) नेपाल वायुसेवा निगमको वाइड बडी जहाजबाट ‘अपरेसन फ्लाइट’ हुने भएको छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको हो ।

    यसलाई परीक्षण उडानका रूपमा समेत लिइएको छ । यसअघि एरोथाइको जहाजबाट यो विमानस्थलमा यान्त्रिक उडान भएको थियो । त्यसपछि उडानयोग्य बनेको विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गर्न लागिएको उनले बताए ।

    दाहालका अनुसार पर्यटन मन्त्री प्रेम आलेसहित २६० जना यात्रु बोकेर वाइड बडी जहाज आज अपराह्न ३ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट भैरहवा विमानस्थल उड्ने छ । यो जहाज ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ ।

    भैरहवाबाट ४ः४५ मा सो जहाज काठमाडौँका लागि उड्ने छ । यस अवधिमा भैरहवामा औपचारिक कार्यक्रम हुनेछ ।

    विमानस्थलमा सबै उपकरण तथा प्रक्रियाहरू सुचारु गरिने छन् । यात्रुलाई नयाँ टर्मिनलबाट बाहिर निस्कने व्यवस्था मिलाइने छ । यसअघि यस्तो उडान १ वैशाखमा गर्ने भनिएको थियो । तर, तयारी नपुगेका कारण रोकिएको थियो । यो विमानस्थलबाट २ जेठमा व्यवसायिक उडान सुरु हुने छ । पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दै छ ।

    २०७९, बैशाख १५ बिहिवार०६:४२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार