नेकपा एकीकृत समाजवादी र एनेकपा बीच एकता हुने

नेकपा एकीकृत समाजवादी र एनेकपा बीच एकता हुने

२०७९, बैशाख १५ बिहिवार

  • 3.6K
    SHARES

  • नेकपा एकीकृत समाजवादी र एनेकपा बीच एकता हुने

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।

    नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिस्ट शक्तिलाई बलियो बनाउने र कम्युनिस्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

    एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकता सभा गरिनेछ ।

    नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिस्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ ।

    २०७९, बैशाख १५ बिहिवार०६:५८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार