काठमाडौं । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर ३१ वडा अध्यक्षका लागि विष्णु प्रसाद अधिकारीलाई उमेदवार बनाउने भएको छ ।
अधिकारी सहितको टोलीले बैशाख १२ गते गाजाबाजा सहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराएको अध्यक्षका प्रत्यासी अधिकारीले बताए । त्यस्तै महिला सदस्यमा देवी कार्की, खुला सदस्यमा माधव घिमिरे र लक्ष्मण मिजार रहेका छन् भने दलित महिला सदस्यमा २ जनाको नाम पेरकाले आयोगले छनाबिन गरिरहेको बताइएको छ ।
वडाभित्र रहेको भ्रष्टाचारको जालो सर्वसाधारण सम्मै आइपुगेकाले त्यहाँ भएका विकृति र विसंगतिलाई जरै देखि उखेलेर फ्याल्ने र वडालाई भ्रष्टाचारमुक्त स्मार्ट वडा बनाउने आफ्नो एकमात्र एजेण्डा रहेको अधिकारीको भनाई छ । जनताको सेवक भएर काम गर्नु पर्नेमा अघिल्लो स्थानिय तह निर्वाचनमा निर्वाचित पदाधिकारीले हुकुमी शैलीमा वडा चलाएको अधिकारीको भनाई छ ।
जनतालाई निश्वार्थ रुपमा सेवा पुर्याउने सोच भएकै कारण जनताले अत्यधिक मतदान गरेर राप्रपाका उमेदवारलाई विजयी गराउने जिकिर पनि अधिकारीले गरेका छन् ।