युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

२०७९, बैशाख १५ बिहिवार

  • 1.1K
    SHARES

  • युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् ।

    रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् ।

    आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई छ ।

    रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरिरहेका अमेरिका, जर्मनी, बेलायत लगायतका देशहरुले पछिल्लो समय आधुनिक हतियारहरु दिन थालेपछि रुस झन् झस्किएको छ ।

    रुसको अस्तित्वमाथि सामान्य चुनौती देखा परे पनि सम्पूर्ण शक्ति लगाउन पछि नपर्ने भन्दै पुटिनले आवश्यक परे ब्यालेस्टीक मिसाइल र आणविक हतियार प्रयोग गर्न सक्ने सङ्केत गरे । -एजेन्सी । 

    २०७९, बैशाख १५ बिहिवार०८:४१:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार