वैशाख २२ गते देखि त्रिभुवन विश्वविद्यालयले वर्षे बिदा दिँदै

वैशाख २२ गते देखि त्रिभुवन विश्वविद्यालयले वर्षे बिदा दिँदै

२०७९, बैशाख १६ शुक्रवार

  • 1.2K
    SHARES

  • वैशाख २२ गते देखि त्रिभुवन विश्वविद्यालयले वर्षे बिदा दिँदै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैशाख २२ गते देखि वर्षे बिदा दिने भएको छ । 

    विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले विहिवारएक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । 

    विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ । 

    २०७९, बैशाख १६ शुक्रवार०७:२२:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार