उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि आजै

उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि आजै

२०७९, बैशाख १६ शुक्रवार

  • 797
    SHARES

  • उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि आजै

    काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

    आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

    उम्मेदवारी फिर्ताको समय सकिए लगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो ।

    ती उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

    आज उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

    त्यसपछि १७ गते उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

    २०७९, बैशाख १६ शुक्रवार०७:५३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार