काठमाडौँ । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने स्रोतले बतायो ।
बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने छ। स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भएपनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ।
११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हो।
उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ।