काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा १ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २४३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।