आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

२०७९, बैशाख १७ शनिवार

  • 861
    SHARES

  • आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

    काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

    निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

    शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

    उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनु अघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

    २०७९, बैशाख १७ शनिवार०८:५७:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार