एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

२०७९, बैशाख १७ शनिवार

  • 1.3K
    SHARES

  • एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

    एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।  

    यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । 

    स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछ ।

    २०७९, बैशाख १७ शनिवार०८:२५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार