आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

२०७९, बैशाख १८ आइतवार

  • 809
    SHARES

  • आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

    काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । 

    आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    उनले भने, “यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन । वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको ‘-यापिड रेस्पोन्स टिम’ पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।"

    वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ । अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । दस करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरेर २७ करोड लिटर पानी काठमाडौँमा वितरण हुने प्रमुख शाक्यले बताए । 

    सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पुर्याउन आवश्यक संरचना निर्माण भइसकेको बताउँदै उनले ७७ किलोमिटर लम्बाइको थोक वितरण प्रणाली (ब्लक डिस्ट्रिब्युसन सिष्टम)मार्फत नौवटा ठाउँमा निर्माण गरिएको भण्डारण केन्द्रमा पानी पुगेको र त्यहाँबाट घर–घरमा पुग्नेगरी संरचना निर्माण गरिएको जानकारी दिए ।  

    मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ । उनले भने, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्याङ्करको पानीले पुग्दैन । १७ करोड लिटर पानी प्रवाहसँगै बाँकी रहेका पाइप परीक्षण गरिनेछ ।”

    २०७९, बैशाख १८ आइतवार०८:५६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार