गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः नेता निधि

गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः नेता निधि

२०७९, बैशाख १८ आइतवार

  • 1.2K
    SHARES

  • गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः नेता निधि

    मोरङ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली काँग्रेस अग्रस्थानमा आउने बताएका छन् । 

    विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली काँग्रेस अग्रस्थानमा आउने बताएका हुन् । नेता निधिले भने, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र काँग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।” 

    पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भने । 

    २०७९, बैशाख १८ आइतवार०२:०८:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार