काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५०८ पीसीआर परीक्षण र ७१४ एन्टिजेन परीक्षण भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।
आज २७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।