दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

२०७९, बैशाख १९ सोमवार

  • 865
    SHARES

  • दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

    सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् ।

    पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

    अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए ।योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ ।

    पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

    गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए ।

    अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ ।- एजेन्सी ।

    २०७९, बैशाख १९ सोमवार०२:४०:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार