पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

२०७९, बैशाख १९ सोमवार

  • 797
    SHARES

  • पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

    काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।

    निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।

    ‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बिजुछेंले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउँने भन्ने दुई पक्षबीचको लडाई भएको बताए ।

    एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्को पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने जनाए ।

     

    २०७९, बैशाख १९ सोमवार०२:५३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार