भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

२०७९, बैशाख १९ सोमवार

  • 837
    SHARES

  • भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

    काठमाण्डौ । भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ ।

    भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ । लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन् । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

    अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ ।

    उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । -एजेन्सी

    २०७९, बैशाख १९ सोमवार०२:५८:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार