कोरोना अपडेट : थप ९ जनामा संक्रमण,१८ जना कोरोनामुक्त

कोरोना अपडेट : थप ९ जनामा संक्रमण,१८ जना कोरोनामुक्त

२०७९, बैशाख १९ सोमवार

  • 809
    SHARES

  • कोरोना अपडेट : थप ९ जनामा संक्रमण,१८ जना कोरोनामुक्त

    काठमाडौं । देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर जम्मा ३ हजार ३ सय ३३ पिसिआर परीक्षणमा ८ जना र ९ सय २२ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा शुन्य मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मुलुकमा १६ हजार १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने नेपालमा हाल २११ जना सक्रिय सङ्क्रमित छन् ।

    २०७९, बैशाख १९ सोमवार०४:२१:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार