भारतमा थप २ हजार ५६८ जनामा कोरोना

भारतमा थप २ हजार ५६८ जनामा कोरोना

२०७९, बैशाख २० मंगलवार

  • 873
    SHARES

  • भारतमा थप २ हजार ५६८ जनामा कोरोना

    नयां दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन्।

    सोमबार थपिएका सङ्क्रमति सहित भारतमा कोरोना संक्रमितको कुल सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ।

    भारतमा विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघेको लगातार पाँचौँ दिन भएको थियो।

    यद्यपी गत २४ घण्टामा भने केही कमी आएको पाइएको छ।

    थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४२ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ७४४ सक्रिय सङ्क्रमित रहेका छन्।

    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८८९ पुगेको छ।

    भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

    भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइए तापनि गत २४ घण्टामा केही हप्तापछि पहिलो पटक ३६३ जना सक्रिय सङ्क्रमित घटेको छ।

    २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ९११ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ४१ हजार ८८७ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन्।-एजेन्सी ।

    २०७९, बैशाख २० मंगलवार०२:२९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार