सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

२०७९, बैशाख २० मंगलवार

  • 825
    SHARES

  • सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

    मारिउपोल । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् ।

    यसैबीच रुसले पुनः हमलाहरु थालेको  पनि  उनले थप जानकारी दिएका छन् । 

    राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन् ।

    आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ । तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताएका छन् ।

    सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएका हुन् ।

    युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो ।

    सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो ।  यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।-एजेन्सी ।

    २०७९, बैशाख २० मंगलवार०३:०१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार