काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।
यसैगरी आज २३ जना कोरोना संक्रमणमुक्त हुनुका साथै हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५०४ पीसीआर परीक्षण र १ हजार ५९० एन्टिजेन परीक्षण भएको छ।