काठमाडौँ । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशका प्रमूख दश सहरमा चुनावी सभा गर्ने भएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले ठूला सभामा ध्यान केन्द्रित गरेको हो। यसअघि गठबन्धनका तर्फबाट सातै प्रदेशमा चुनावी सभा हुने कार्यतालिका नै सार्वजनिक भए पनि स्थगित भएको थियो।
तर कांग्रेसले केही ठाउँमा गठबन्धनका अरु दलका नेताहरुको सहितको र अरु धेरै ठाउँमा एकल रुपमा चुनावी सभा गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गठबन्धनका दलसहितको २२ गते चितवन र २३ गते काठमाडौँमा चुनावीसभा गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले आयोजना गर्ने सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्नेछन्।
बैशाख २१ गते विराटनगरबाट शुरु भएको सभा २७ गते डडेल्धुरामा सम्पन्न हुनेछ ।
कहिले कहाँ हुनेछ सभा ?
वैशाख २१ गते मोरङ (विराटनगर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २२ गते चितवन (भरतपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २३ गते काठमाडौं
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू
वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू
वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
भीष्मराज आङ्दम्बे, सहमहामन्त्री
महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
धनराज गुरुङ, उपसभापति
जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २६ गते कैलाली (धनगढी)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
वैशाख २७ गते डडेल्धुरा
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू