आज प्रहरी आइजिपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाई 

आज प्रहरी आइजिपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाई 

२०७९, बैशाख २१ बुधवार

  • 809
    SHARES

  • आज प्रहरी आइजिपी नियुक्तिविरुद्धको रिटको पहिलो सुनुवाई 

    काठमाडौँ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुँदै छ ।

    गएको सोमबार पोखरेलले आइजिपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुन विपरीत रहेको रिटमा उल्लेख गरेका छन् ।

    पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिंहलाई आइजिपी नियुक्त गरेको थियो ।

    २०७९, बैशाख २१ बुधवार०८:१०:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार