अस्ट्रेलियाले एक दशकपछि ब्याजदर बढायो

अस्ट्रेलियाले एक दशकपछि ब्याजदर बढायो

२०७९, बैशाख २१ बुधवार

  • 833
    SHARES

  • अस्ट्रेलियाले एक दशकपछि ब्याजदर बढायो

    सिड्नी । अस्ट्रेलियाको केन्द्रीय बैङ्कले एक दशकभन्दा लामो समयपछि ब्याज दर बढाएको छ ।

    बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैङ्क अफ अस्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्‍याएको हो ।

    पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो ।

    आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो वृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन् ।

    अस्ट्रेलियामा आम चुनावको तयारी हुँदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन गरिएको छ ।

    पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अस्ट्रेलियामा मुद्रास्फीति ५ दशमलव १ प्रतिशत पुगेको छ । रासस -सिन्हवा ।

    २०७९, बैशाख २१ बुधवार११:१३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार