‘बमको हल्ला मात्र हो, यात्रु भित्र पठाइयो’

‘बमको हल्ला मात्र हो, यात्रु भित्र पठाइयो’

२०७९, बैशाख २१ बुधवार

  • 1.4K
    SHARES

  • ‘बमको हल्ला मात्र हो, यात्रु भित्र पठाइयो’

    काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बम अहिलेसम्म नपाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

    बुधबार बिहान विमानस्थलको आन्तरिक टर्मिनलमा आठवटा बम राखिएको हल्ला पछि सुरक्षाकर्मीले टर्मिनल भवन खाली गराएको थियो। सुरक्षाकर्मीले बम डिस्पोजल टोली लगेर यात्रुको सुरक्षाको लागि काम गरिरहेको थियो। बम नभेटिए पछि यात्रुलाई भित्र पठाइएको छ । 

    बम राखेको हल्ला नेपालबाटै आएकाले खोजी कार्य तिब्र बनाइएको बताइएको छ । 

    २०७९, बैशाख २१ बुधवार११:३५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार