काठमाडौं । नेकपा एमाले उपमहासचिव विष्णु रिमाल स्थानीय उमेदवार सहित मतदाताको घरदैलोमा पुगेका छन् ।
एमाले आर्थिक विभाग प्रमुख समेत रहेका रिमाल काठमाडौं महानगरपालिका वडा नं ३१ मा अध्यक्षका उमेदवार सरोज ढकाल, सदस्यहरु रमेश सत्याल, हुमादेवी आचार्य, अप्सरा संजेल खनाल र सान्नानी मिजार सहित मतदातामाझ पुगेका हुन् ।
उमेदवार लिएर घरदैलोमा आएको छु भन्दै जनतासॅग प्रस्तुत हुॅदा, "एमाले सॅग हामी खुशी छौँ " भन्ने जनताको प्रतिक्रिया हुन्थ्यो ।
करिब एक घण्टा घरदैलोमा विताएका रिमाल जनताको अपार समर्थन देखेर प्रफुल्लित देखिएका थिए ।
देशैभरका रिपोर्ट लिॅदा एमालेले ५० प्रतिशत भन्दा बढि स्थानमा विजय हासिल गर्ने देखिएको छ, रिमालको छोटो प्रतिक्रिया थियो ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पॉचै पद जितेको एमालेले पुनः जित हासिल गर्ने गरि निर्वाचनमा परिचालित छ, सांसद दुलालले भनेका छन् ।
वडाध्यक्ष नारायण भण्डारी र सांसद गणेश प्रसाद दुलालका निरन्तरता, विकासशील गतिविधि र जनतासॅग घुलमिल भएर सेवकका रुपमा काम गर्ने विशेषताका कारण सहजै जित हासिल हुने स्थानीय लक्ष्मण खनालले बताएका छन् ।