भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

२०७९, बैशाख २१ बुधवार

  • 989
    SHARES

  • भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।

    ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

    नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ ।

    संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ ।

    देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ । 

    पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।-एजेन्सी ।

    २०७९, बैशाख २१ बुधवार०६:३७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार