आज भरतपुरमा गठबन्धनको संयुक्त सभा, शीर्ष नेता चितवनमा 

आज भरतपुरमा गठबन्धनको संयुक्त सभा, शीर्ष नेता चितवनमा 

२०७९, बैशाख २२ बिहिवार

  • 869
    SHARES

  • आज भरतपुरमा गठबन्धनको संयुक्त सभा, शीर्ष नेता चितवनमा 

    काठमाडौँ। सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दै छन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

    सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

    नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

    भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेणु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

    भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ ।

    २०७९, बैशाख २२ बिहिवार०७:१६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार