पार्टी फुटाउने कार्य गरेको आरोप लगाउँदै विप्लवद्धारा दुई केन्द्रीय सदस्य वरखास्त

पार्टी फुटाउने कार्य गरेको आरोप लगाउँदै विप्लवद्धारा दुई केन्द्रीय सदस्य वरखास्त

२०७९, बैशाख २२ बिहिवार

  • 1.1K
    SHARES

  • पार्टी फुटाउने कार्य गरेको आरोप लगाउँदै विप्लवद्धारा दुई केन्द्रीय सदस्य वरखास्त

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको छ । 

    केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताएका छन्।

    पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो।

    यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली(सुदर्शन) र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।

    वली र बास्तोलाले पनि हिजो बुधबार चितवनमा भेला गरेर विप्लवलाई पार्टीबाट हटाउने निर्णय गरेका थिए।

    २०७९, बैशाख २२ बिहिवार०८:१७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार