काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुने भएका छन् ।
कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जान लागेका हुन् ।
आज एकै दिन कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ः३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जानकारी दिए ।