कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य सङ्गठन

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य सङ्गठन

२०७९, बैशाख २२ बिहिवार

  • 865
    SHARES

  • कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य सङ्गठन

    जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।

    अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

    ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उक्त सङ्गठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

    विश्वमा कोभिडका संक्रमितहरुका संख्या घट्दै गएको पाइएको छ । साथै गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

    यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त सङ्गठनको भनाई छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

    तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो सङ्गठनले जनाएको छ ।एजेन्सी ।

    २०७९, बैशाख २२ बिहिवार१२:३२:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार