शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

२०७९, बैशाख २२ बिहिवार

  • 1.1K
    SHARES

  • शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

    बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ ।

    एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनको भनाइ छ । 

    एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न/नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ । 

    दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए ।

    २०७९, बैशाख २२ बिहिवार०५:२४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार