आज गठबन्धनको संयुक्त चुनावी सभा काठमाडौँमा, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज गठबन्धनको संयुक्त चुनावी सभा काठमाडौँमा, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

२०७९, बैशाख २३ शुक्रवार

  • 1.5K
    SHARES

  • आज गठबन्धनको संयुक्त चुनावी सभा काठमाडौँमा, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

    काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रित भएर सभा गर्न लागिएको हो । 

    दिउँसो २ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सभा हुनेछ । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

    गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।

    गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिवार (भोलि) जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गर्ने सूचनामा जनाइएको छ । 

    २०७९, बैशाख २३ शुक्रवार०७:५०:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार