स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, आज सबै जिल्लामा ढुवानी

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, आज सबै जिल्लामा ढुवानी

२०७९, बैशाख २३ शुक्रवार

  • 1.5K
    SHARES

  • स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न, आज सबै जिल्लामा ढुवानी

    काठमाडौँ । अबको हप्ता दिनपछि सुरु हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ कार्य सम्पन्न भएको छ । एक महिना अघिबाट सुरु भएको मतपत्र छपाइ कार्य आज (शुक्रबार) सम्पन्न भएको हो ।

    मतपत्र छपाइ कार्य सम्पन्न भएसँगै आजै देशका ७७ वटै जिल्लामा ढुवानी गरिसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्लाबाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

    त्यस्तै आयोगले निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिनुपर्ने निर्देश दिएको छ ।

    यद्यपि प्रतिकूल अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडाकारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

    २०७९, बैशाख २३ शुक्रवार११:५५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार