कोरोना अपडेट : थप १५ जनामा सङ्क्रमण, १७ जना निको

कोरोना अपडेट : थप १५ जनामा सङ्क्रमण, १७ जना निको

२०७९, बैशाख २३ शुक्रवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप १५ जनामा सङ्क्रमण, १७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षणमा १५ जनामा र १ हजार ३ जनाको एन्टीजेन परीक्षणमा शुन्य जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    यसैगरी २४ घण्टामा शुन्य मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

    त्यस्तै नेपालमा हाल २१५ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    २०७९, बैशाख २३ शुक्रवार०४:१५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार