भक्तपुर । स्थानिय निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमाले सूर्यविनाएक नगरपालिकाका उमेदवारले आक्रामक घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
शुक्रवार नगरपालिकाको वडा नं २ स्थित बालकोट क्षेत्रमा प्रमूख र उपप्रमूखका उमेदवार क्रमशः बासुदेव थापा र सरिता भट्टराई वडाध्यक्ष सहितका उमेदवार लिएर रोजभिलेज पुगेका छन् ।
एकनासका अढाई तले घर, चिल्लोबाटो सहितको मनमोहक बगैंचा रहेको कोलोनी भित्र पुग्दा सन्नाटा नै छाएजस्तो देखिन्थ्यो । १४३ वटा घरमा त्यतिकै परिवारमा बस्ने कोलोनी क्षेत्रमा एक अर्का परिवारमा सम्मानको कमि नहोस्, कसैको आत्मसम्मान र स्वतन्त्रतामा खलल नपुगोस् भन्ने ध्यान प्रत्येक परिवारले दिएको आभास हुन्थ्यो ।

घर कम्पाउण्ड भित्र बसेर आँखाको इसाराले मौन समर्थन गरेका परिवार देख्दा नौलो अनुभुति हुन्थ्यो । पार्टीका समर्थक भनेर चिनिने सदस्यले ६० प्रतिशत भन्दा बढि परिवारले एमालेलाई मतदान गर्ने अवस्थारहेको बताईरहँदा नगर प्रमूख र उपप्रमूख सहितका उमेदवारहरु मुस्कानका साथ खुशी व्यक्त गर्दथे ।
त्यस्तै, करिब डेढ किलोमिटरको कम्पाउण्ड भित्रकोे बाटो छिचोल्दै अगाडि बढेको उमेदवार टोलीलाई कोलोनी निवासीले ढाका टोपी लगाएर मौनता तोडेपछि उत्साहित बन्दै एमाले नेता कार्यकर्ता फर्किएका थिए ।
