अफगानिस्तानमा दुई करोड ४० लाखलाई सहयोगको आवश्यकता

अफगानिस्तानमा दुई करोड ४० लाखलाई सहयोगको आवश्यकता

२०७९, बैशाख २४ शनिवार

  • 941
    SHARES

  • अफगानिस्तानमा दुई करोड ४० लाखलाई सहयोगको आवश्यकता

    काबुल । अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक परेको देखिएको छ ।  

    मानवीय सहायता आवश्यकता पर्नेहरूको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै भएको अधिकारीहरूले बताएका छन् । 

    अघिल्लो बर्ष सन् २०२१ मा एक करोड ८० लाखभन्दा बढीलाई मानवीय सहायता आवश्यक पर्ने तथ्याङ्का सार्वजनिक गरिएको थियो । 

    हालै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार तत्कालिन तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढेको देखिएको हो । 

    तालिवान सरकार बनेपछि कतिपय अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने गरेको सहयोग रोकिएकाले पनि अभाव बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    अफगानिस्तानमा ७० प्रतिशतलाई आधारभूत आवश्यकता पुरा गर्न पनि गाह्रो हुने गरेको अध्ययनले देखाएको छ । 

    अमेरिकी एक संस्थाले गरेको अध्ययनको प्रतिवेदन संसदमा पेस पनि गरिएको छ । विश्वमै धेरै मानवीय सहायता आवश्यक पर्ने मुलुकमध्ये अहिले अफगानिस्तान पनि एक हो । -एजेन्सी ।  

    २०७९, बैशाख २४ शनिवार०८:१९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार