सत्ता गठबन्धनको चुनावी सभा बुटवलमा, प्रधानमन्त्री देउवा सहित शिर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा बुटवलमा, प्रधानमन्त्री देउवा सहित शिर्ष नेताले सम्बोधन गर्ने

२०७९, बैशाख २४ शनिवार

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धनको चुनावी सभा बुटवलमा, प्रधानमन्त्री देउवा सहित शिर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौँ । सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा तथा आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।

    बिहान ११ बजे बुटवल ११ स्थित वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतका नेताहरू सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।

    स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

    कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको काँग्रेसले जनाएको छ । 

    २०७९, बैशाख २४ शनिवार०८:२९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार