कामी रिता शेर्पाद्धारा २६ औँ पटक सगरमाथा आरोहण, तोडे आफ्नै कीर्तिमान  

कामी रिता शेर्पाद्धारा २६ औँ पटक सगरमाथा आरोहण, तोडे आफ्नै कीर्तिमान  

२०७९, बैशाख २५ आइतवार

  • 2.8K
    SHARES

  • कामी रिता शेर्पाद्धारा २६ औँ पटक सगरमाथा आरोहण, तोडे आफ्नै कीर्तिमान  

    काठमाडौँ । कामी रिता शेर्पाले २६ औँ पटक सगरमाथा आरोहण गरेसँगै आफ्नै कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिवार सगरमाथा शिखरमा पुगेसँगै यसअघिको रेकर्ड तोडेका हुन् । उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको हो ।

    सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । 

    सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । उनी १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए । 

    कामी रितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निमा तासी शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, फुर्बा कुसाङ शेर्पा, फुर्बा छिरिङ्ग शेर्पा छन् ।

    यस्तै फुर्बा छोतर शेर्पा, लक्पा तेन्जी शेर्पा, पासतेञ्जी शेर्पा, तारामान तामाङ, पासाङ तेन्जी शेर्पा र र मिङ्गमा दण्डू शेर्पा पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।

    २०७९, बैशाख २५ आइतवार०६:५१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार