सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : भीम रावल 

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : भीम रावल 

२०७९, बैशाख २५ आइतवार

  • 841
    SHARES

  • सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : भीम रावल 

    काठमाण्डौ । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् ।

    स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।

    उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए ।

    रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे ।

    एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीब्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

    २०७९, बैशाख २५ आइतवार१०:३०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार