काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १० वटा नमुनाको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०१ रहेको छ ।
यसैगरी हाल २०० जना होम आइसोलेसनमा र १ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।