गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

२०७९, बैशाख २५ आइतवार

  • 1.6K
    SHARES

  • गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

    पोखरा । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । 

    पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भने । 

    गठबन्धन काँग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज काँग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।”

    गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर काँग्रेसलाई सहयोग गरेका छन्”, भने ।

    उनले गठबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व काँग्रेसलाई दिएको बताए ।

    महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे ।

    गठबन्धनलाई विजयी बनाउनका लागि काँग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलेलभन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए । 

    २०७९, बैशाख २५ आइतवार०३:५२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार