पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

२०७९, बैशाख २५ आइतवार

  • 1.6K
    SHARES

  • पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

    दाङ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताएका छन् ।

    तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताए ।

    प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उनले भने, “गठबन्धन बन्नुअघि काँग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ । यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।”

    उनले गठबन्धनका उम्मेदवार विजयी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे ।

    आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै छन् । 

    २०७९, बैशाख २५ आइतवार०७:११:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार