भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका ३ दिनसम्म बन्द

भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका ३ दिनसम्म बन्द

२०७९, बैशाख २६ सोमवार

  • 1.3K
    SHARES

  • भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका ३ दिनसम्म बन्द

    काठमाडौं । शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

    मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।

    यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

    चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

    २०७९, बैशाख २६ सोमवार०७:३८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार